Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

फ्लडलाइट टावर

त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर आइपुग्यो

त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर आइपुग्यो

  • काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति धमाधम भइरहेको छ । उक्त क्रिकेट मैदान स्तरोन्नतिका क्रममा राख्न लागिएको फ्लडलाइट टावर पनि बुधबार काठमाडौं आइपुगेका छन् ।

    images
    images
    images

    अहिले ती फ्लडलाइट टावरहरू क्रिकेट रंगशाला बाहिर राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक फ्लडलाइटका टावर भारतको उत्तरप्रदेशबाट ल्याइएको हो ।

    images

    यी टावर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर ती फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो।

    अब ती टावर पनि धमाधम जडान गरिनेछ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्याराफिट विस्तार र फ्लडलाइट जडान गर्न लागेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij