Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

बालेनलाई दियो अदालतले झट्का

बालेनलाई दियो अदालतले झट्का

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको भ्यू टावर निर्माणको कामलाई यथावत अघि बढ्न उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत अनुमति दिएको छ ।

    images
    images
    images

    उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावरको निर्माण कार्य रोक्न नहुने उल्लेख गरिएको छ ।

    images

    निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले निर्माणको ठेक्का पाएको भ्यू टावर भूमिगत दुई तला सहित १२ तले हुने गरी स्वीकृत छ । सुरुमा यही संरचनालाई अनुमति दिइए पनि पछि थप प्रक्रिया पुर्‍याएर नक्सा पास गरिएको थियो । तर गत माघमा काठमाडौं महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएपछि कम्पनी अदालत गएको थियो ।

    अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदकले सम्झौताबमोजिम प्राप्त गरेको नक्सा पासको अनुमति र निर्णय यथावत रहेको परिप्रेक्ष्यमा सम्झौता बमोजिम भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको छ ।’ साथै महानगरपालिकाबाट माघ ९ गते जारी गरिएको निर्माण रोक्का सम्बन्धी पत्र कार्यान्वयन नगर्न आदेश दिइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij