Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । बाह्रदशी गाउँपालिका–१ खैरबारी स्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन्।
राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो । उनीहरुको अस्पतालमै मृत्यु भएको जनाइएको छ।
गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते चारैजनाको पहिचान नखुलेको प्रनाउ खड्काले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij