Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विपन्न दलितलाई ग्यास चुलो वितरण: सिरहा

विपन्न दलितलाई ग्यास चुलो वितरण: सिरहा

  • काठमाडौं । यहाँको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्न लाई ग्यास सिलिण्डर सहितको चुलो वितरण गरिएको छ । वडाले रु १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवा मुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।“पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेका हौँ”, उनले बताए।

    AGNI GROUP

    चमार टोलकी विन्दादेवी राम ९४९० ले ग्यास चुलो पाए पछि जीवनमै ठूलो राहत मिलेको बताए। “अब धुँवामा बस्नुपर्दैन”, उनले खुसी साटेका छन्। वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि रु १० लाख बजेट छुट्याइएको छ । उक्त बजेट बाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । “त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ”, उनले भने।

    यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवार लाई पनि चुलो वितरण गरिसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट