Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एडब्लुएस

जेनेस सलुशनबन्यो नेपालकै पहिलो  एडब्लुएस

जेनेस सलुशनबन्यो नेपालकै पहिलो  एडब्लुएस

  • काठमाडौँ । डिजिटल रूपान्तरणर साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले  अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ।  

    onlinepatrika
    Arghakhachi

    विश्वभरका १लाख ४० हजार भन्दा बढी एडब्लुएस  साझेदारहरु मध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको छ ।

    AGNI GROUP

    जेनेस सलुशन(wwwgenesesolution.com) को यो उपलब्धिले प्राविधिकनव प्रवर्तन, उच्चस्तरीय सेवा वितरण र ग्राहक सफलता प्रति यसको निरन्तर प्रतिबद्धता लाई पुष्टिगर्छ, कम्पनी द्वारा  जारी प्रेस विज्ञप्तिमा भनिएको छ । जेनेस सलुशनले विश्वभरका संस्थाहरू लाई एडब्लुएसमा आधारित समाधानहरू डिजाइन गर्न, माइग्रेसन गर्न र व्यवस्थापन गर्न मद्दत पु¥याउँदै आएको छ।

    जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने, ‘एडब्लुएसको प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस हासिल गर्ने नेपालको पहिलो कम्पनी बन्नु हाम्रो कम्पनीका लागि मात्र होइन, देशका लागि पनि गौरवको क्षण हो। हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्व दायी भूमिकामा छौं, नवप्रवर्तनको अगुवाइ गर्दैछौं र विश्वव्यापी मञ्चमा चिनिँदै छौं । ’‘

    जेनेस सलुशनमा नवप्रवर्तन कुनै मान्यता मात्र  होइन, यो हाम्रा सम्पूर्ण गतिविधिको केन्द्रमा रहेको विषय हो। अमेरिका होस्वाना इजेरिया, स्टार्टअप होस् वाइन्टरप्राइज, बैंकिङ, शिक्षावा सरकारी क्षेत्र, हामी सुरक्षित, मापन योग्य र भविष्य–उन्मुख प्रविधि दिन प्रयत्नशील छौं। यो मान्यता बहु पक्षीयता, समावेशिता र उच्चतम गुणस्तरको सेवा प्रदान गर्ने हाम्रो  अटल प्रतिबद्धताको प्रमाण हो,’उनले थपे।

    जेनेस सलुशनले एडब्लुएस प्रिमिएयर टिएर स्टाटस प्राप्त गरेकाले  उसका ग्राहक तथा साझेदारहरू लाई एडब्लुएसका उच्चतम विशेषज्ञता र स्रोत साधनमा पहुँच, एडब्लुएस विशेषज्ञहरूसँग द्रुत र प्रत्यक्ष सहयोग, एडब्लुएस रोड म्यापतथा बेटा कार्यक्रममा प्रभावशाली संलग्नता, र प्रमाणित गुणस्तर तथा नियम अनुसारको सेवा पाउन सहयोग पु¥याउने कम्पनीले बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट