Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोसी गाउँपालिका–२, कोदारी क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
बिहीवार (असार २६) बिहान करिब ५ बजे सो स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो। सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
भोटेकोसी–२ कै दशकिलो क्षेत्रमा पनि अरनिको राजमार्ग अवरुद्ध भएको छ। वर्षासँगै खसेको पहिरोका कारण बाटो बन्द भएको हो। सो स्थानमा बिहान ९:२० बजे सडक एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij