Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपालबाट विदेश यात्रा गर्ने सबैलाई निषेधित वस्तु तथा पहिरनबारे जानकारी गराएको छ ।
अध्यागमनले सुरक्षालाई ध्यानमा राख्दै कसैलाई पनि कुनै पनि प्रकारको अनावश्यक, अस्वभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभषण वा एक्सेसरीज, खादा, माला, चस्मा, फरक किसिमको टोपी आदि वस्तुहरुलाई निषेध गरेको उल्लेख गरेको छ ।
अध्यागमनले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘कुनै खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरूः कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी÷म्यान पावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन’, सूचनामा उल्लेख छ, ‘यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको हो ।’

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij