
Jul 12 2025 | २०८२, असार २८ गते
काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो धर्मपत्नी सिता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवन पुगेका छन् ।
उनले आश्रममा आश्रित व्यक्तिहरुसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए भने उनीहरुसँग बसेर आफूले पनि खाना खाए ।
उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उदघाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए ।
मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने धारणा व्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij