Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुनिल पौडेलसहित ६ जनाविरुद्ध झण्डै १६ करोडको भ्रष्टाचार मुद्दा

सुनिल पौडेलसहित ६ जनाविरुद्ध झण्डै १६ करोडको भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले केन्द्रका लागि उच्च कम्प्युट पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि भएको खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लगाएको छ ।

    AGNI GROUP

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इञ्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युशन नेपाल प्रालि कान्तिपथ काठमाडौंका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलोमतो तथा योजनामा गैरकानुनी लाभ पुर्‍याउने तथा नेपाल सरकारलाई १५ करोड ८८ लाख ५० हजार हानि पुर्‍याउने काम गरेको आरोप लगाएको छ ।

    अख्तियारले सबैलाई जनही त्यति नै रकम बराबरीको बिगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट