Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

४० किलो गाँजासहित कोटेश्वरबाट पाँच जना पक्राउ

४० किलो गाँजासहित कोटेश्वरबाट पाँच जना पक्राउ

  • काठमाडौं । काठमाडौं कोटेश्वरस्थित पाल्पाकोटबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बिहीबार एक डेराबाट गाँजा बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा धादिङका सुमन चेपाङ, प्रकाश चेपाङ (१९), शंकर चेपाङ (२०), जीवन प्रजा (३६) र एक अन्य रहेका छन् । उनीहरू सबै धादिङकै बासिन्दा हुन् ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराका अनुसार सुमन चेपाङले धादिङबाट सार्वजनिक सवारीसाधन प्रयोग गरी गाँजा ल्याएका थिए । प्रहरीका अनुसार उनीहरूले कोटेश्वरमा गाँजाको किनबेच गरिरहेका बेला पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४० किलो गाँजासँगै १ लाख २५ हजार रुपैयाँ नगद, तीनवटा मोबाइल फोन र दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।

    प्रहरीले कोटेश्वर क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि उक्त क्षेत्रमा निगरानी बढाएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले पाल्पाकोटस्थित डेराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    images

    पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij