Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन्  । 

    images
    images
    images

    आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्याले बोल्ने भाषा ठूला भाषा र बाहिरी भाषाको चपेटामा पर्दा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरे । 

    images

    उनले भने,‘हामीले देखिरहेको छौं । विभिन्न भाषाहरु मर्दै गइरहेको छन् । थोरै सङ्ख्याले बोल्ने भाषाहरु ठूला भाषा र बाहिरी भाषाको चपेटामा परेका छन् । आफ्नै देशभित्र थोरै सङ्ख्याले बोल्ने भाषा पनि हराउँदै गइरहेको छ ।देश सानो छ त संस्कृति र भाषामा धनिी छौं । र भाषाहरुलाई कसरी समृद्ध बनाउने र संरक्षण गर्ने भन्ने चिन्ता एकातिर छ । आफ्नै नेपाली भाषालाईं पनि बाह्य भाषाको अतिक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता हाम्रा सामु छ ।’

    त्यस्तै उनले आज भानु जयन्ती नेपालको सिमाभित्र मात्रै नभई संसारका अरु भू–भागहरुमापनि फैलिएको बताए ।

    हामीले आफ्नो भाषाको जगेर्ना गर्ने ,आफ्नो भाषा फैलाउने र आफ्नो भाषामा साहित्य सृजना गर्ने व्यक्तित्वहरु लाई सम्झनु पर्ने भन्दै उनले नेपाल देश र नेपाली भाषा रहेसम्म भानुभक्तको महत्व रहने धारणा राखे । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij