Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । गरुडा- ९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालय तोडफोड गर्नुका साथै उनलाई समेत कुटपिट गरेका छन्।
छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’लेखेर पठाएको आरोप साह माथि रहेको प्रहरीले बताएको छ। सोही विषयलाई लिएर विद्यार्थी र अभिभावकले उनीमाथि कुटपिट गर्दै विद्यालयमा तोडफोड गरेका हुन्।
विद्यालय तोडफोड भएको जानकारी पछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली पुगेको तर स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेको देखेपछि एक राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।
अहिले साहलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij