Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

हकप्रद सेयर निष्कासन

जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा

जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा

  • काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ।

    images
    images
    images

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।

    images

    कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख  रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ ।

     लगानीकर्ताले आगामी भदौ ४ गते सम्म हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

    लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो शेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij