Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।
स्थानीय ३५ वर्षीया बन्दना राजवंशी सँगै घर नजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिना लाई आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij