
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आइतबार दिउँसो आगलागी भएको छ।
दिउँसो करिब २:३० बजे सुरु भएको आगो नेपाली सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका र स्थानीयवासीको सक्रिय सहयोगमा नियन्त्रणमा लिइएको छ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, सशस्त्र प्रहरी र अन्य निकायका दमकल परिचालन गरिएका थिए।
आगोको कारण फ्याक्ट्रीमा ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij