Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सिरहा जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाहलाई ठूलो मात्रामा लागूपदार्थ गाँजा सहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका थिए।
प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलमा लोड गरिएको ७ वटा पोका तौल गर्दा जम्मा २ क्विन्टल १२ किलो ९२५ ग्राम गाँजा फेला परेको हो।
पक्राउ परेका मलाह विरुद्ध जिल्ला अदालत सिरहाबाट म्याद थप अनुमति लिइएको प्रहरीको भनाइ छ। हाल उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij