Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी

बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध

बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध

  • काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ ।

    onlinepatrika
    Arghakhachi

    राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा  सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–११ माम्तीस्थित सडक खण्डमा आएको भेल बाढीले कटान गर्दै सडक पूर्णरूपमा बन्द गराएको छ। त्यस्तै, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको छ। बिरुवाडाँडामा समेत खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । जेसिभी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ । 

    वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट  लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशीखोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । अस्थायी रुपमा सञ्चालन भएको सडकमा बारम्बार समस्या आएको छ । 

    सडक अवरुद्ध हुँदा रामेछाप,  सिन्धुली लगायत पूर्वी नेपाल आउजाउ गर्ने सवारी साधन रोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट