Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा

  • काठमाडौं । काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्ण खोप घोषणा भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशक अघि देखि सुरु गरिएको थियो। 

    AGNI GROUP

    एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्ण खोप घोषणा भएको यो पहिलो पटक हो। नेपालमा सुरुमा पाल्पा पूर्ण खोप जिल्ला घोषित भएको थियो।

    ‘पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणामात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्त्वपूर्ण कदम हो’, शाखाका प्रमुख डा.गौतमले भने,‘यो नेपालका लागि सफलताको हो।’

    परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्यकर्मी एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधिको नेतृत्व एवं अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यले भएको बताए।  

    जिल्लाले प्रदेश खोप समन्वय समितिलाई प्रस्ताव पठाउँछ, अनि प्रदेश खोप समन्वय समितिले अध्ययन, अनुगमन गरेपछि घोषणा गर्ने अनुमति दिन्छ। प्रदेशले चाहिँ सङ्घीय राष्ट्रिय खोप समन्वय समितिलाई त्यसै गरी पठाउँछ। 

    यस्तै प्रदेशअन्तर्गत मधेस प्रदेशले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ भने अन्य प्रदेशले घोषणाको तयारी गरेको उनले बताए। 

    सबै जिल्ला पूर्ण खोप घोषणा गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन, ‘ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी), युनिसेफलगायतका साझेदार संस्थाको सहयोग रहेको शाखा प्रमुख डा.गौतमले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट