Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ। शुक्लाफाँटा नगरपालिका-१० का स्थानीय वासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवत जावत गर्न बाध्य छन्।
झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ । स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन्। स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ। पुलको दुरावस्थाबारे नगरपालिकालाई जानकारी गराइएको उनी बताउछन्।
पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ ।
उक्त योजना अन्तर्गत रु दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij