Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडक अवरुद्ध

चट्टानसहितको पहिरो खस्दा कागबेनी-कोरला सडक अवरुद्ध

चट्टानसहितको पहिरो खस्दा कागबेनी-कोरला सडक अवरुद्ध

  • काठमाडौं । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडक अन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेपछि कोरला सडक बुधबार बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    AGNI GROUP

    कागबेनी स्थित कागखोला बाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडक माथि बाट चट्टान सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

    मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने लामाले जानकारी दिए । उनले तत्कालका लागि मोटरसाइकल र हलुका सवारी साधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको बताए ।

    मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बाहव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij