
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं। सरकारले काठमाडौं क्षेत्र नम्बर १ स्थित बबरमहल र मीनभवनमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। काठमाडौं क्षेत्र नं १ का सांसद एवम् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको पहलमा ती स्थानमा सुविधा सम्पन्न पुल बन्न लागेका हुन्।
स्थानीयले सो क्षेत्रमा आवत जावत गर्न असहज भएको र दुर्घटना हुने गरेको भन्दै आकाशेपुल बनाउनका लागि उपप्रधानमन्त्री सिंहसँग माग गरेका थिए। अहिले धमाधम पुलको काम भइरहेको छ।
स्थानीयको माग र सो क्षेत्रको आवश्यक्ता हेरेर उपप्रधानमन्त्री सिंहले पहल गरेपछि आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ।
बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ भने मीनभवनमा ४ करोड रुपैयाँ छुट्याइएको छ। जसले स्थानीय र सरोकारवालाहरु लाई खुशी बनाएको छ।
आकाशे पुल नहुँदा अहिले दुवै ठाउँमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ। तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij