Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

१९ औँ स्थापना दिवस

साहित्यिक पत्रकार संघको १९ औँ स्थापना दिवस

साहित्यिक पत्रकार संघको १९ औँ स्थापना दिवस

साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद साह सम्मानित

  • काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघको १९ औँ स्थापना दिवसका अवसरमा ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद साह सम्मानित भएका छन् ।

    images
    images
    images

    स्थापना दिवसको उद्घाटन बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए । त्यस अवसरमा कुलपति राईले साहित्यिक पत्रकारिताले साहित्यिक सर्जक उत्पादन गर्नका निम्ति खेलेको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।

    images

    नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान गरेको कदापि भुल्न नसकिने भन्दै उनले समावेशी र समानताको आधारमा साहित्यिक पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    कार्यक्रममा सम्मानित हुनेलाई प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा‍. धनप्रसाद सुवेदीले दोसल्ला ओढाए । कार्यक्रममा विशिष्ट अतिथि समालोचक ईश्वरचन्द्र ज्ञवालीले संघले साहित्यिक पत्रकारिताको विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरे ।

    विशिष्ट अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रवर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा ,साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij