Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एकलाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन्।
कल्याणपुर स्थित पालिकाको कार्यालय बाटै नगरप्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए।
अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ। कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij