Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । गाजाको दक्षिणी शहर खान युनिस स्थित एक सहायता वितरण केन्द्रमा बुधबार भयावह भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गाजा ह्युमनिटेरियन फाउन्डेशन (जीएचएफ)का अनुसार उक्त घटना सशस्त्र आन्दोलनकारीको उक्साहटपछि भएको भीड नियन्त्रण बाहिर जाँदा भएको हो ।
जीएचएफका अनुसार १९ जना मानिस भीडले किचिएर र एक जनाको छुरा प्रहारबाट मृत्यु भएको हो।फाउन्डेशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हामीसँग भरपर्दो प्रमाणहरू छन् कि हमाससँग सम्बद्ध केही सशस्त्र तत्वहरूले जानाजानी उक्साहट गरे ।”
यस घटनाबारे अहिलेसम्म हमासको कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर, गाजाका स्वास्थ्य अधिकारीहरूले भने मृतकको संख्या २१ रहेको र तीमध्ये धेरैजसो सास फेर्न नपाएर मृत्यु भएको जनाएका छन्।
संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले दिएको जानकारीअनुसार गत ६ हप्तामा मात्र सहायता केन्द्रहरू तथा खाद्यान्न यातायात आसपास कम्तीमा ८७५ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij