
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । सत्ता घटक दल एमाले सचिवालयको बैठक बोलाएको छ । सचिवालयको बैठक भोली बिहीबार दिउँसो १ः०० बजे मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन् ।
साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको सचिव अधिकारीले जानकारी दिए । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ । महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् ।
जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ । एमालेमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकाल’दयगत विवाद चर्किँदै गएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij