Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सञ्चय कोषबाट नयाँ ब्याजदर निर्धारण

सञ्चय कोषबाट नयाँ ब्याजदर निर्धारण

  • काठमाडौँ । कर्मचारी सञ्चय कोषले आगामी साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताहरूलाई प्रदान गरिने वार्षिक ब्याजदर र सापटीहरूमा लिने ब्याजदर परिमार्जन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कोष सञ्चालक समितिको निर्णयअनुसार कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा वार्षिक ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    AGNI GROUP

    त्यस्तै, सञ्चयकर्तालाई प्रदान गरिने सापटीहरूको ब्याजदरमा समेत हेरफेर गरिएको छ। कोषले विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत तथा जग्गा खरिद सापटी र सरल सापटीमा ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।

    विशेष सापटी बाहेकका धितोमा आधारित सापटीमा नियमित रूपमा ब्याज चुक्ता गर्ने सञ्चयकर्ताहरूलाई ०.२५ प्रतिशत छुट समेत दिने व्यवस्था गरिएको छ ।

    कोषले हाल सञ्चयकर्ताहरूलाई घर निर्माण तथा घर वा जग्गा खरिदका लागि एक करोड रुपैयाँसम्म, घर मर्मतका लागि ३० लाख रुपैयाँसम्म सापटी उपलब्ध गराउँदै आएको छ। साथै, स्वयम् सञ्चयकर्ता वा उनका परिवारका सदस्यलाई उच्च शिक्षा अध्ययनका लागि ४० लाख रुपैयाँसम्म शैक्षिक सापटी र आकस्मिक अवस्थामा ६० लाख रुपैयाँसम्म सरल सापटी प्रदान गर्दै आएको छ ।

    यसका साथै, सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्मको रकम विशेष सापटीका रूपमा निकाल्न सकिने व्यवस्था पनि कोषले गरेको छ ।

    कोषका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा हालसम्म १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ जनाले कोष भुक्तानी, २ हजार ९२६ जनाले धितोमा आधारित सापटी, २५ हजार २९८ जनाले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ जनाले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।

    काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रमार्फत सञ्चयकर्ताहरूलाई विभिन्न प्रकारका सापटी तथा सुविधाहरू प्रदान गरिँदै आएको कोषले जनाएको छ ।

    हाल कोषसँग निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान, सङ्गठित क्षेत्र र सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत गरी करिब ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij