
Jul 17 2025 | २०८२, साउन १ गते
ललितपुर । श्रावणको सुरुवातसँगै ललितपुरको लगनखेल बजार र टंगल क्षेत्रमा किनमेल गर्ने महिलाहरुको भीड लागेको छ ।
श्रावणको पहिलो दिनलाई विशेषगरी ‘हरियो महिना’ का रूपमा मनाउने नेपाली परम्परामा महिलाहरू हरियोकपडा, चुरा र हातमा मेहेन्दी लगाएर श्रृंगारमा व्यस्त देखिएका छन् ।
श्रावण सुरु हुने अघिल्लो हप्तादेखि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्छ । विशेषगरी महिलाहरू हरियो कुर्ता, चुरा र मेहेन्दी किन्ने क्रममा देखिन्छन् ।
यस्तै दृश्य असारको अन्तिम दिन लगनखेल बजारमा पनि देखिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij