Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

हरिहर भवन

सम्पत्ति शुद्धीकरणबाट ४० प्रहरी फिर्ता गरिँदै

सम्पत्ति शुद्धीकरणबाट ४० प्रहरी फिर्ता गरिँदै

  • काठमाडौं । सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवनबाट प्रहरी फिर्ता गरिने भएको छ। 

    onlinepatrika
    Arghakhachi

    त्यहाँ हाल ४७ जना प्रहरीको दरबन्दी रहेकोमा ७ जना मात्रै राखेर ४० जना फिर्ता गर्न लागिएको हो। 

    AGNI GROUP

    प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले विभाग सँग सल्लाह गरेरै दरबन्दी फिर्ता गर्न लागिएको बताए। 

    पहिलेका मुद्दाहरु पनि कुनै मुद्दाको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नु पर्ने देखिएमा अब प्रहरीले नै अनुसन्धान गर्न सक्नेछ। 

    सम्पत्ति शुद्धीकरणको विषयमा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार दिएसँगै विभागमा रहेका कतिपय फायल पनि प्रहरीलाई नै जिम्मा लगाइदिएको छ।

    यसअघि विभागलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीका जनशक्ति त्यहाँ थिए। तर अब ७ जना राखेर बाँकी सबै सीआईबीमा ल्याउने प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij