
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बसेका थिए ।
सोही समयमा मेघगर्जन सहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उनको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij