Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । जर्मनीविरुद्ध १–० को ऐतिहासिक जित निकाल्दै स्पेनले युरोपियन महिला च्याम्पियनसिप–२०२५ को फाइनल यात्रा तय गरेको छ । बुधबार राति स्विट्जरल्यान्डमा भएको खेलमा स्पेनलाई जित दिलाउन आइतेना बोनमतीले ‘गोल्डेन गोल’ गरिन् ।
उनले ११३औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रतामा राखेकी थिइन् । यही गोल निर्णायक बनेपछि विश्वकप विजेतासमेत रहेको स्पेनले युरो–२०२५ को फाइनलमा स्थान पक्का गरेको हो ।

महिला फुटबलको इतिहासमा जर्मनी विरुद्ध स्पेनको यो पहिलो जित हो । यी दुई टिमबीच यसअघि सात खेल हुँदा जर्मनीले चारपटक जितेको थियो । यस्तै, अरू तीन खेल बराबरीमा समाप्त भएको थियो ।
स्पेनले अब उपाधिका निम्ति प्रतियोगिताको साविक विजेतासमेत रहेको इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल जुलाई २७ मा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij