
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौँ । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिम आज स्वदेश फर्किदै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू-२० महिला टिम आज अपराहन्न २ बजे काठमाडौँ आइपुग्दैछ ।ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिप नेपाल उपविजेता बनेको थियो ।
अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित भएको थियो । यस प्रतियोगितामा नेपाल दुवै पटक बंगलादेशसँग पराजित भएको थियो ।
प्रतियोगितामा सर्बाधिक १० गोल गरेकी नेपालीकी पुर्णिमा राईले गोल्डेन बुट जितेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij