
Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौँ । भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ ।
उनका छोरा तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शिबु शोरेनको निधन भएको जानकारी दिएका हुन् ।उनले भनेका छन्- 'आदरणीय दिशाम गुरुजीले हामी सबैलाई छोडेर जानुभएको छ। आज म शून्य भएको छु..'८१ वर्षीय शिबु लामो समयदेखि अस्पतालमा नियमित उपचार गराइरहेका थिए ।
शिबु सोरेन विगत ३८ वर्षदेखि झारखण्ड मुक्ति मोर्चाका नेता थिए र पार्टीका संस्थापक संरक्षकको रूपमा चिनिन्छन्।
शोरेन २००६ मा भारतको केन्द्रमा कोल मन्त्री बनेका थिए भने २००८ देखि २०१० सम्म झारखण्डको मुख्यमन्त्री रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij