Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

  • काठमाडौं । मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ ।

    images
    images
    images

    खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ ।

    images

    लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।

    मधेश युनाईटेड को लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।

    खेलाडी: निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद ।

    images

    प्रशिक्षकः कोपिला उप्रेती ।

    ब्रान्ड एम्बेसडर: नीति शाह ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij