Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

  • काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीन वटा अनुगमन प्रतिवेदन पारित गरेको हो ।

    images
    images
    images

    समिति सभापति अब्दुल खानकाअनुसार झापा, उदयपुर, सुनसरी र मोरङमा गरिएको अनुगमनको प्रतिवेदन, स्पञ्ज आइरन, बिलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन उपसमितिको प्रतिवेदन र मकवानपुर, बारा र पर्सा जिल्लाका उद्योगहरू तथा भन्सार कार्यालयहरूको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन पारित गरेको हो । 

    images

    बैठकले समितिले यसअघि गरेका निर्णय तथा सरोकारवालाहरूलाई दिएको निर्देशक कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्ने निर्णय पनि गरेको छ ।

    समितिले सरकार र सरोकारवाला निकायलाई दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे सम्बन्धित निकायसँग छलफल र समीक्षा गर्ने भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij