Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

सुक्रियाको गोलमा साउदी अरेबियामाथि नेपालको जित

सुक्रियाको गोलमा साउदी अरेबियामाथि नेपालको जित

  • काठमाडौँ । नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ ।

    images

    यस खेलमा नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो ।

    त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ ।

    नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।

    images

    १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij