
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ ।
शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ रहेकोमा आज आइतबार १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३३० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij