
Aug 26 2025 | २०८२, भदौ १० गते
काठमाडौँ । वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ ।
वीरगंजमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएपछि महानगरले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको हो ।
यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएको विद्यालयहरू मंगलबार हरितालिका तीज पर्वको सार्वजनिक बिदाका कारण बन्द रहेका थिए ।
वीरगंज महानगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू थप तीन दिनका लागि अर्थात भदौ ११ देखि १३ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिइएको छ ।
यससँगै विद्यालयहरू बन्द रहेको अवधिमा विद्यालयको सेवा क्षेत्र भित्र रहेका समुदायमा विद्यालयका सबै शिक्षक र कर्मचारीहरू लाई हैजा नियन्त्रण सम्बन्धी जनचेतना फैलाउनका लागि परिचालन गरिने निर्णयपनि गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij