Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

पप स्टार टेलर स्विफ्टले गरिन् इंगेजमेन्ट

पप स्टार टेलर स्विफ्टले गरिन् इंगेजमेन्ट

  • काठमाडौं । पप स्टार टेलर स्विफ्टले आफ्ना पार्टनर ट्राभिस केल्सीसँग इन्गेजमेन्टको घोषणा गरेकी छिन् । इन्स्टाग्राममा टेलरले लेखिन् “तपाईंको अंग्रेजी शिक्षक र जिम शिक्षकको विवाह हुँदैछ ।”

    images
    images
    images

    उनले पोस्टसँगै तस्बिरहरू सेयर गरिन्, जसमा ट्राभिस टेलरलाई प्रपोज गरिरहेको देखिन्छ । तस्बिरहरूमा, दुवैले एकअर्कालाई अँगालो हालेर हात समातेको देखिन्छ, जसमा टेलरको हीराको इन्गेजमेन्ट औंठी देखिन्छ ।

    images

    ट्राभिस केल्सी एक अमेरिकी फुटबल खेलाडी हुन् जसले राष्ट्रिय फुटबल लिगमा कान्सास सिटी चीफ्सबाट खेल्छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवैलाई बधाई दिँदै भने, ‘उनी (ट्राभिस केल्सी) एक महान खेलाडी हुन् र मलाई लाग्छ उनी एक अद्भुत व्यक्ति हुन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij