Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

पाटन क्याम्पसले मनायो ७२ औँ वार्षिकोत्सव

पाटन क्याम्पसले मनायो ७२ औँ वार्षिकोत्सव

  • ललितपुर । देशकै पुरानोमध्येको पाटन संयुक्त क्याम्पसले स्थापनाको ७२ वार्षिकोत्सव मनाएको छ ।

    images
    images
    images

    क्याम्पसमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको क्याम्पस प्रमुख डा.रघुवीर विष्टले जानकारी दिए । उनका अनुसार क्याम्पसमा बिहानै विधिपूर्वक सरस्वतीको पूजा गरिएको थियो ।

    images

    उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. विष्टसहित सहायक क्याम्पस प्रमुखहरू, विभिन्न विषयका विभागीय प्रमुखहरू, कार्यक्रमका प्रमुखहरू, कर्मचारी/लेखाका उच्च अधिकारीहरूसहित प्राध्यापक र कर्मचारीहरूको उपस्थिति थियो । त्यसपछि क्याम्पस प्रमुख डा. विष्टले प्रशासनिक भवनको बरन्डामा उभिएर ७२ औँ वार्षिक उत्सव समारोह उद्घाटन गरेका थिए ।

    उनले ‘पाटन संयुक्त क्याम्पस ७२ औँ वार्षिक उत्सव समारोह’ लेखिएको ब्यानर अनावरण गरेका हुन् । त्यसपछि क्याम्पस प्रांगणमा वृक्षरोपण गरिएको थियो । त्यसपछि कार्यक्रमका सबै सहभागीहरूले क्याम्पस परिसर भ्रमण गरेका थिए। अन्त्यमा चियापान र सामूहिक तस्बिर खिचेर कार्यक्रम समापन गरिएको थियो ।

    images

    पाटन संयुक्त क्याम्पस २०११ सालमा स्थापना भएको हो । क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र, विज्ञान र व्यवस्थापन संकायका स्नातक तहमा २९ र स्नातकोत्तर तहमा १४ वटा विषय पढाइ हुने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij