Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

खाद्य उद्योग दर्ता, अनुमतिपत्र र नवीकरण अब अनलाइनबाटै

खाद्य उद्योग दर्ता, अनुमतिपत्र र नवीकरण अब अनलाइनबाटै

  • काठमाडौं । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अब अनलाइनबाटै उपलब्ध भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ सञ्चालनमा ल्याएको महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।

    images
    images
    images
    उनका अनुसार, नेफिल्स प्रणाली विशेष गरी खाद्य उद्योगी व्यवसायीका लागि ‘पेपरलेस’ र ‘फेसलेस’ सेवा उपलब्ध गराउँछ। यस प्रणालीमार्फत उद्योगीहरूले घर वा अफिसमै बसेर लगइन आइडी बनाएर आवश्यक कागजात अपलोड गर्न सक्नेछन् । विभागका कर्मचारीहरूले कागजात समीक्षा गरेपछि, अनुमतिपत्र तयार भएको सूचना सेवाग्राहीको इमेलमा पठाइनेछ ।

    महानिर्देशक कर्णले बताए अनुसार, यस प्रणालीले अब उद्योगीहरूले बारम्बार विभागमा धाउनु नपर्ने अवस्था सिर्जना गरेको छ । केवल खाद्य नमुना विश्लेषणका लागि मात्र उद्योगीलाई विभागमा आउनुपर्ने व्यवस्था गरिएको छ ।

    images

    नेफिल्स प्रणालीले प्रक्रिया छिटो, पारदर्शी र सहज बनाउने उद्देश्य राखेको छ । विगतमा ३–६ महिना लाग्ने कामहरू अब अधिकतम १५ दिनभित्र सम्पन्न हुनेछन्, भने नवीकरण प्रक्रिया एक हप्ताभित्रै सम्पन्न हुने विभागको दाबी छ ।

    साथै, जी कोड प्रणालीको व्यवस्था गरी उद्योगको स्थान सजिलै पत्ता लगाउन सकिने र निरीक्षण तथा अनुगमन कार्यमा सहजता हुने कर्णले बताए ।

    हाल सेवा काठमाडौं र हेटौँडाबाट सुरु भएको छ, र असोज महिनाको पहिलो हप्ताबाट विराटनगर, जनकपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट समेत सेवा सुरु गरिने तयारी भइरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij