Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

एकाएक ह्वात्तै बढ्यो ‘भाइबर’को क्रेज

एकाएक ह्वात्तै बढ्यो ‘भाइबर’को क्रेज

  • काठमाडौं । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा हंगामा मच्चिएको छ । एकहप्ताको समय दिँदा समेत विभिन्न सामाजिक सञ्जालले नेपालमा दर्ता गर्ने चासो नदेखाएपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको हो । सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयनको नाममा नागरिकको सूचनामाथिको स्वतन्त्रता हनन गर्न लागेको भन्दै आलोचना समेत भइरहेको छ ।

    images
    images
    images

    सामाजिक सञ्जालमा अभ्यस्त हुने बानी मात्र होइन यसैको कारण विभिन्न सहजता समेत थपिएका बेला सरकारको निर्णयप्रति आक्रोश व्यक्त भइरहेको छ ।

    images

    यता सरकारले अहिले मुख्य मानिएको फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन लागेको हो । त्यससँगै नेपालमा भाइबर प्रयोगकर्ताहरुको संख्या उल्लेख्य बढेको छ ।

    खासगरी सूचना आदानप्रदान गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्तादेखि मिडिया हाउसम्मले भाइबरलाई इन्स्टल गरेर प्रयोगमा ल्याएका हुन् । साथै विभिन्न ग्रुपहरु बनाएर सूचनालाई सहज आदानप्रदान गर्न भाइबरको प्रयोगलाई बढाइएको छ ।

    केही वर्षअघिसम्म नेपालमा भाइबरमार्फत् कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने प्रचलन बढी थियो । तर ह्वाट्सएप आएसँगै केही ओझेलमा परेको भाइबर एकाएक चर्चा र सूचना आदानप्रदानको माध्यम बन्न लागेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij