
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आईतबार राती उनी त्यस तर्फ प्रस्थान गरेका हुन् ।
एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधी मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् ।
सम्मेलनमा नेपाल सहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधी, विकास साझेदार एवम् विज्ञहरुको सहभागीता रहने छ । मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij