
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई प्रदर्शनकारीले लिएर गएका छन् । नख्खु कारागारमा थुनामा रहेका उनलाई प्रदर्शनकारीले लिएर गएका हुन् ।
रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै नख्खु कारागार पुगेका प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि जेल प्रशासनले नै सहजीकरण गरेर लामिछानेलाई बाहिर निकालेको थियो ।
लामिछाने बाहिर निस्किएपछि भिडले लामिछानेलाई सँगै लिएर गएको हो । कारागार कार्यालय नख्खुका प्रमुख जेलर सत्यराज जोशीले रविलाई भीडले लिएर गएको बताए ।
उनले भने, ‘तत्काल रविलाई बाहिर ननिकाल्ने हो भने पूरै जेलमा आगो लाग्ने भएपछि हामीले बाहिर निकालेका थियौँ, अहिले उनीहरूले लिएर गएका छन् ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij