Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

  • काठमाडौँ । नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ ।

    AGNI GROUP

    परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । उनी आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान हुनेछन् र परम्परा अनुसार पूजा–आराधना गरिनेछ ।

    शाक्य महाविहार संघले शहरका १५ बहालहरुमा पत्र पठायो, नामहरू संकलन भए, परिवारहरूको आशा बढ्दै गयो । अन्तिममा मापदण्ड पास गर्ने केवल तीन नानी बाँकी रहेका थिए । अनि गुठी संस्थान, पञ्चाङ निर्णायक समिति र परम्परागत विधि अनुसार, आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा घोषणा गरिएको थियो ।

    आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij