Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई दोहा प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएको जनाइएको छ । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij