Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हेमजा साहित्य महोत्सव: कवि मुकुन्दशरण उपाध्यायलाई रथारोहणसहित नागरिक अभिनन्दन

हेमजा साहित्य महोत्सव: कवि मुकुन्दशरण उपाध्यायलाई रथारोहणसहित नागरिक अभिनन्दन

  • काठमाडौं । कवि मुकुन्दशरण उपाध्यायलाई जन्मस्थल हेमजामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पोखरेली साहित्यका मूर्धन्य व्यक्तित्वका रूपमा परिचित उपाध्यायलाई हेमजा साहित्य महोत्सवका अवसरमा नागरिक अभिनन्दन गरिएको हो । उनलाई पोखरामा क्रियाशील साहित्यिक सङ्घ संस्थाहरूको तर्फबाट पोखरा महानगरका प्रमुख धनराज आचार्यले उक्त सम्मान प्रदान गरेका हुन् ।

    AGNI GROUP

    शुक्रबार र शनिबार हेमजामा भएको साहित्य महोत्सवमा साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान उजिल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सव अन्तर्गत पहिलो दिन नेपाली नाटक तथा रङगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भएको थियो ।

    त्यस अवसरमा सष्ट्राहरुले साहित्यमा व्यङग्यात्मकता झल्कनुपर्ने स्पष्ट पार्दै नेपालको वहुलता, विभिन्नता तथा नेपाली माटो सुहाउँदो साहित्य आवश्यक रहेको औल्याएका थिए । परिसंवादमा नेपाली नाटक तथा रङगमञ्चबारेमा प्राडा. रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस तथा प्राञ्जलले बहसमा सहजीकरण गरेका थिए । वर्तमान् समयमा महाकाव्य लेखनबारे डा.नवराज लम्साल, माधव वियोगी र डा.रमेश शुभेच्छुले बहस गरेका थिए भने प्रा. डा. जगन्नाथ रेग्मीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

    त्यस्तै महोत्सवमा मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा सष्ट्राहरु जीवनसागर भण्डारी, सरु लामिछाने, डा.ईश्वरमणि अधिकारी, रामचन्द्र शर्मा, रुपिन्द्र प्रभावी, लोकराज अधिकारी, राजन बराल, रामचन्द्र क्षत्री, लक्ष्मण थापा, इन्दिरा चापागाईँ कल्याण पन्त, गीता तिवारी, टुकादेवी आचार्य, कल्पना भट्टराई, लक्ष्मी थापा लगायत सहभागि भएका थिए । महोत्सवमा देशभरबाट सय बढी स्रष्टाको सहभागिता रहेको थियो । आलु गाउँमा रुपमा परिचित हेमजामा पछिल्लो समय हिले, मौरी हुँदै साहित्य महोत्सव पनि गरिएको हो । त्यहाँ वर्षिनी आलु महोत्सव हुँदै आएको छ । साहित्य महोत्सव मार्फत हेमजा साहित्यिक चेतना र सिर्जनशील ऊर्जाको केन्द्रका रुपमा उभिने विश्वास गरिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij