Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

एमालेबाट जितेर दल फेरेका ८ वडाध्यक्ष पदमुक्त (सूचीसहित)

एमालेबाट जितेर दल फेरेका ८ वडाध्यक्ष पदमुक्त (सूचीसहित)

  • काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । सम्बन्धित दलको जानकारीको आधारमा उनीहरूको पद रिक्त भएको भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग गरेकोले उनीहरूको पद स्वतः रिक्त भएको उल्लेख छ । एमाले केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएको थियो ।

    AGNI GROUP

    पदमुक्त भएका वडाध्यक्षमा ओखलढुंगाका मात्र ३ जना छन् ।

    पद रिक्त भएका वडाध्यक्षहरूको नामावली

    १. कमल बहादुर बानिया – मोलुङ गाउँपालिका-१, ओखलढुङ्गा

    २.कमल तामाङ – मोलुङ गाउँपालिका-६, ओखलढुङ्गा

    ३. सुरेश कुमार थापा – चम्पादेवी गाउँपालिका-७, ओखलढुङ्गा

    ४. राजकुमार पन्थी – माथागढी गाउँपालिका-१, पाल्पा

    ५. होमप्रसाद बजगाईं – बागमती गाउँपालिका-७, ललितपुर

    ६. रामकुमार श्रेष्ठ – लेटाङ नगरपालिका-४, मोरङ

    ७. महेशकुमार खनाल – रंगेली नगरपालिका-१, मोरङ

    ८. मधुसुदन शर्मा – घोराही उपमहानगरपालिका-४, दाङ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij