Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

खुश्बुलाई गृहमन्त्रीको ढाडस- प्रक्रियामा जानुहोस्, कारबाही गर्छु

खुश्बुलाई गृहमन्त्रीको ढाडस- प्रक्रियामा जानुहोस्, कारबाही गर्छु

  • काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको आश्वासन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बैठकभित्रै ओलीलाई भेटेर उनले दोषीमाथि कारबाही अघि बढाउने आश्वस्त पार्दै यसको लागि प्रक्रियामा जान आग्रह गरेका छन् ।

    AGNI GROUP

    ओलीले संसदमा आफूले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको बताएकी थिइन् । आज संसद बैठकमा बोल्दै उनले सभाको ध्यानाकर्षण गराएकी हुन् ।

    ओलीले केही दिनअघि संसद बैठकमा ९० प्रतिशत सनातनी बसोबास गर्ने देशमा नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आवाज उठाएकी थिइन् । त्यसपश्चात् आफूलाई सुनियोजितरुपमा सामाजिक सञ्जालबाट धम्की आइरहेको उनले बताइन् ।

    ओलीले भनिन्, ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ? म यो सबै सहन सक्छु तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट