Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अब संसद अवरोध गर्दैनौं: भिष्मराज आङदेम्बे

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अब संसद अवरोध गर्दैनौं: भिष्मराज आङदेम्बे

  • काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरि नरहने स्पष्ट गरेका हुन् ।

    AGNI GROUP

    यस विषयमा आफुहरुले संसदमा प्रधानमन्त्रीलाई नखोज्ने भन्दै उनले संसदलाई अब बन्धक नबनाउने स्पष्ट गरेका छन् । आङदेम्बेले अब प्रधानमन्त्रीले संसदमा होइन जनतासँग माफी माग्नुपर्ने बताए ।

    प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने– ’म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।’

    उनले आफुहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विषय जनतासम्म लिएर जाने बताउदै यस विषयमा अब संसद अवरोध नगर्ने बताए ।

    उनले सभामुखले निष्पक्ष भएर संसद संचालन गर्न आग्रह गर्दै आफुहरुको विवाद सत्ता पक्षसँग हुनुपर्नेमा सभामुखसँग विवाद भएको प्रसंग उल्लेख गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट