Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तरिकाबाट हेर्नुहोस् नतिजा

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तरिकाबाट हेर्नुहोस् नतिजा

  • काठमाडौं । सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

    AGNI GROUP

    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

    यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

    बिक्री प्रबन्धकको वेबसाइट: https://lscapital.com.np/

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij